ग्लास्गो : स्कटिस एक्जिविसन सेन्टरमा प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच भेटवार्ता

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, १६ : ५१
ग्लास्गो : स्कटिस एक्जिविसन सेन्टरमा प्रधानमन्त्री देउवा र समकक्षी मोदीबीच भेटवार्ता

स्कटल्याण्ड । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालका अनुसार ग्लास्गोस्थित जलवायु सम्मेलनस्थल स्कटिस एक्जिविसन सेन्टरमा प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय भेटवार्ता भएको हो ।

प्रधानमन्त्री देउवा र मोदीबीच द्विपक्षीय सम्बन्ध र सहयोग आदान–प्रदानबारे छलफल भएको बताइएको छ । यस अगाडि देउवा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको ब्रेकफास्ट बैठकमा सहभागी भएका थिए । उक्त अवसरमा उनले नेपालले वन क्षेत्र बढाएर ४५ प्रतिशत पु¥याउने योजना रहेको सुनाएका थिए ।

अब प्रधानमन्त्री देउवाले श्रीलंकाका राष्ट्रपति गोटाभाया राजापाक्ष र अमेरिकी राष्ट्रपति जो बाइडेनका जलवायु विज्ञ जोन केरीलगायतसँग पनि भेट्ने तालिका छ ।

 

प्रतिक्रिया दिनुहोस