ओलीले गरे माडी अयोध्याधामस्थित राम मन्दिरको दर्शन

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, १६ : २४
ओलीले गरे माडी अयोध्याधामस्थित राम मन्दिरको दर्शन

चितवन । नेकपा एमालेका अध्यक्ष केपी ओलीले माडी अयोध्याधामस्थित राम मन्दिरमा पूजा एवं दर्शन गरेका छन् । ओलीले आज मूर्तिहरूमा पूजा गर्नुका साथै मन्दिरको परिक्रमा गरेका हुन् ।

माडी नगरपालिका–९ अयोध्याधाममा अस्थायी मन्दिर निर्माण गरिएपछि पहिलो पटक ओलीले स्थलगत अवलोकन गरेका हुन् । अयोध्याधाममा ओलीलाई स्थानीयहरूले पुष्पगुच्छा र मालाले स्वागत गरेका छन् । 

दुईदिने विभिन्न कार्यक्रममा सहभागी हुन ओली सोमबार चितवन आएका हुन् ।  प्रधानमन्त्री भएका बेला ओलीले यहाँ भगवान रामको जन्म भएको र यसै ठाउँमा राम मन्दिर निर्माण गरी राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गर्न निर्देशन दिएका थिए । गत ८ वैशाखमा राम मन्दिरमा मूर्ति स्थापना गरिएको हो ।

  

प्रतिक्रिया दिनुहोस