अगामी निर्वाचनमा नेकपा एस ठूलो दल बन्ने छ : बिरोध खतिवडा

सफल खबर संवाददाता

मंगलबार, १६ कार्तिक २०७८, १४ : ४८
अगामी निर्वाचनमा नेकपा एस ठूलो दल बन्ने छ : बिरोध खतिवडा

काठमाडौं । नेकपा (एकीकृत समाजबादी) पार्टीका स्थायी कमिटी सदस्य तथा स्वास्थ्य मन्त्री बिरोध खतिवडाले अगामी निर्वाचनमा आफ्नो पार्टी ठूलो हुने दाबी गरेका छन् ।

पार्टी निकट युवा संघ नेपाल भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले भने , फुटेर जाने पार्टी सकिने भनेर बामदेब गौतमको उदाहरण दिनु अहिलेको समयमा मिल्दैन ।

एमाले भन्दा हामी निर्वाचनमा बढी सिट ल्याएर जित्छौ तर, कति सिट ल्याउछौ अहिले भन्न सकिदैन, उनले भने । पार्टी के मुद्दा लिएर फुटेको हो भन्ने कुरामा भर पर्ने भन्दै उनले बिगतसंग बर्तमानको तुलना गर्न नमिल्ने खतिवडाको भनाई छ ।

एमाले अध्यक्ष ओली धुन्दकारी र भस्मासुर भएकाले कम्युनिस्ट आन्दोलन जोगाउन बाध्य भएर नयाँ पार्टी गठन गरेको उनले बताए । भक्तपुरका सासद तथा एमाले नेता महेश बस्नेतलाई फुच्चे भन्दै मन्त्री खतिवडाले एक्लै तालमेल बिना चुनाव जितेर देखाउन चुनौती दिए ।
 

प्रतिक्रिया दिनुहोस