काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरीय प्रहरी परिसर ललितपुरको नवनिर्मित स्मार्ट कन्ट्रोल रुमका लागि १० थान ४३ इन्चको एलइडी टेलिभिजन सेट प्रदान गरेको छ ।
शुक्रबार महानगरीय प्रहरी परिसर ललितपुर, जावलाखेलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरका वरिष्ठ प्रहरी उपरिक्षक किरण बज्राचार्यलाई १० थान टेलिभिजन सेटहरु हस्तान्तरण गरेको हो ।
कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत बज्राचार्यले महानगरीय ट्राफिक प्रहरी परिसरलाई स्मार्ट कन्ट्रोल रुपका लागि टेलिभिजन सेटहरु सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दे बैंकले उपलब्ध गराएको टेलिभिजन सेटहरुले सेवाग्राहीहरुलाई थप प्रभावकारीरुपमा सेवा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा राखे ।
यसैगरी महानगरीय ट्राफिक परिसर ललितपुरका वरिष्ठ प्रहरी उपरिक्षक बज्राचार्यले बैंकको तर्फबाट प्राप्त यो सहयोगले महानगरीय प्रहरी परिसरलाई थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसका निम्ति बैंकलाई धन्यवाद ज्ञापन गरे ।
ग्लोबल आइएमई बैंक लिमिटेडले स्थापनाकाल देखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ कार्तिक २०७८, १७ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्डमा १० प्रतिशत बोनस
ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्याडिसन होटलमा १५ प्रतिशत छुट
ग्लोबल आइएमई बैंकद्वारा ‘डिजिटल युनिभर्स’ सञ्चालनमा
ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी
ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा