काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरे ।
समझदारी अनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकहरुले र्याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका साथै र्याडिसन होटल काठमाडौँले संचालन गरेको एयरपोर्ट रेस्टुरेन्टहरुबाट पनि उपलब्ध हुने सेवाहरुमा उल्लेखित छुट पाउने छन् ।
ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थाहरुसँग समन्वय गरी यस्ता किसिमका योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ साउन २०८१, १५ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्लोबल आइएमई बैंकका ग्राहकलाई वण्डरल्याण्डमा १० प्रतिशत बोनस
ग्लोबल आइएमई बैंकद्वारा ‘डिजिटल युनिभर्स’ सञ्चालनमा
ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी
ग्लोबल आइएमई बैंकको नयाँ शाखा महोत्तरीको गौशालामा