कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा गृहमन्त्री खाड

सफल खबर संवाददाता

शुक्रबार, १२ कार्तिक २०७८, ०९ : २३
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा गृहमन्त्री खाड

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत भ्रमणमा निस्किने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाडलाई तोकेका छन् । प्रधानमन्त्री देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औँ सम्मेलन कोप (२६) मा भाग लिन एक साताका लागि आज शुक्रबार बेलायतमा भ्रमणमा जान लागेका हुन् ।  

प्रधानमन्त्री देउवाले खाडलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी कहाँ विहीबार साँझ पठाएका थिए । सरकारका मुख्यसचिव शंकरदास बैरागीले विहीबार साँझ नै राष्ट्रपतिलाई पत्र बुझाएका थिए । 

गृहमन्त्री खाडको सचिवालयका अनुसार अहिलेसम्म राष्ट्रपति कार्यालयबाट कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रदान गरिएको पत्र प्राप्त भएको छैन् । वर्तमान मन्त्रिपरिषदमा दोस्रो वरियतामा रहेका खाणले कार्यवाहक जिम्मेवारी पाएका छन् । मन्त्रिपरिषदमा उपप्रधानमन्त्री नरहेकाले गृहमन्त्री खाणले कार्यवाहकको जिम्मेवारी पाएका हुन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपा सम्मिलित सरकारमा काँग्रेसले सरकारको नेतृत्वसहित दोस्रो र तेस्रो वरियता पनि आफै राखेको छ । दोस्रो वरियतामा गृहमन्त्री खाण र तेस्रो वरियतामा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की रहेका छन् । 

प्रतिक्रिया दिनुहोस