कांग्रेस नेता सिंहले भने– आफ्नो क्षेत्रमा जित्न नसक्नेले पार्टी हाँक्न सक्दैनन्

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, २० : १८
कांग्रेस नेता सिंहले भने– आफ्नो क्षेत्रमा जित्न नसक्नेले पार्टी हाँक्न सक्दैनन्

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले रामचन्द्र पौडेलप्रति कटाक्ष गर्दै भने, ‘आफ्नो क्षेत्रमा निर्वाचन जित्न नसक्नेले पार्टी हाक्न नसक्ने बताएका छन् ।’ एक अनलाइन पोर्टलमा अन्तर्वार्ता दिँदै नेता सिंहले  आसन्न महाधिवेशनमा आफ्नो समूहबाट सबैभन्दा सशक्त उम्मेदवार आफू भएको दाबी गरेका छन्।

उनले वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट आकांक्षी देखिएका चार जनामध्ये आफू नै बलियो भएको दाबी गरेका हुन्। पद पाउँदा काम नगर्ने र संसदीय निर्वाचन जित्न नसक्नेले पार्टी सञ्चालन गर्न नसक्ने नेता सिंहको भनाइ छ। ‘पद पाउँदा काम नगर्नेहरुलाई पद चाहिने रे। अनि डेमोक्रेसी क्राइसिस हुँदा अडान लिने, जेल जानेहरु अनफिट हुने,’ उनले प्रश्न गरे, ‘अनुभव केही नबटुलेका, आफ्नो क्षेत्रबाट चुनाव जित्न नसक्नेहरुले पार्टी हाँक्न सक्छन् ?

पौडेल समूहबाट सभापतिमा आकांक्षा राखेका नेताहरुमा वरिष्ठ नेता पौडेल, डा शशांक कोइराला र डा शेखर कोइराला हुन्। पौडेलले कार्यवाहक सभापति भएर पार्टी सञ्चालन गरिसकेका छन् भने अर्का आकांक्षी डा शशांक कोइराला महामन्त्री हुन्। डा शेखर कोइराला केन्द्रीय सदस्य छन्। उनी र पौडेल प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका थिए।  
 

प्रतिक्रिया दिनुहोस