एसएसपी अशोक सिंहको सरुवा रोकियो

सफल खबर संवाददाता

बुधबार, १० कार्तिक २०७८, १३ : २८
एसएसपी अशोक सिंहको सरुवा रोकियो

काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक  (एसएसपी) अशोक सिंहको काज सरुवा रोकिएको पाइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले एसएसपी सिंहलाई परिसर काठमाडौंबाट भैरहवा विमानस्थल सुरक्षा कार्यालयमा काज सरुवा भएका थिए । काठमाडौं परिसरको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा कार्यरत रहेका एसएसपी सुदिप गिरीलाई दिइएको थियो ।

यसरी गुपचुप रहेको उक्त काज सरुवाको निर्णय तत्काल कार्यान्वयन नहुने भएको बताइएको छ । एसएसपी सिंहले काठमाडौं परिसरको कमाण्ड सम्हालेको आउँदो मंसिर ५ गते एक वर्ष पुग्दैछ ।

एक वर्ष पुग्न केही दिन बाँकी छँदै बिना कारण सरुवा गर्दा नराम्रो सन्देश जाने भन्दै तत्काललाई काज सरुवा रोक्न भन्दै गृहमन्त्रीलाई दबाब आएपछि तत्काल काज सरुवा नहुने भएको हो । गृहमन्त्री खाँणले गरेको उक्त काज सरुवा तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री शेरबहादुर देउवाले समेत निर्देशन दिएकाले तत्काललाई सरुवा रोकिएको हो ।

प्रतिक्रिया दिनुहोस