नयाँ सवारी चालक अनुमतिपत्रको आवेदन खुला

पत्रपत्रिकाबाट

बुधबार, १० कार्तिक २०७८, ०७ : ३३
नयाँ सवारी चालक अनुमतिपत्रको आवेदन खुला

काठमाडौं । यातायात व्यवस्था विभागले कोभिड–१९ का कारण स्थगित गरेको नयाँ सवारी चालक अनुमतिपत्र ९ड्राइभिङ लाइसेन्स० को आवेदन खुला गरेको छ । ६ महिना अघिबाट महामारीको कारण देखाउँदै स्थगित स्मार्ट लाइसेन्सको परीक्षा नयाँ व्यवस्थाअनुसार हुने भएको हो ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा। लोकनाथ भुसालले आवेदन खुलाएको एकैदिनमा ९ लाखभन्दा बढीले आवेदनका लागि वेभसाइट आबद्ध भएको बताए । उनका अनुसार लामो समय आवेदन रोकिएका कारण एकैपटक लाखौंले आवेदन दिन लागेका हुन् ।

सकेसम्म ट्रायल परीक्षालाई सहज बनाउने गरी विभागले काम गरिरहेको बताउँदै भुसालले आवेदन दिएकाहरुले धेरै समय कुर्न नपर्ने गरी व्यवस्थापन गर्न लागिएको बताए । नेपाल समाचारपत्रमा खबर छ ।
 

प्रतिक्रिया दिनुहोस