बैतडी । बैतडीमा तीन दिनदेखि अवरुद्ध नेपाल टेलिकमको फोन सेवा बुधबारदेखि आंशिक रुपमा खुलेको छ । सोमबार राती कैलालीको खानीडाँडामा गएको पहिरोले विद्युत्को पोल ढलेसँगै फोन, इन्टरनेट र विद्युत सेवा पुर्ण रुपले अवरुद्ध थियो ।
टेलिकमको फाइबर काटिएसँगै अवरुद्ध बनेको फोन सेवा अहिले रेडियो लिंक प्रणालीबाट अस्थाई रुपले चलाएको नेपाल टेलिकम बैतडी शाखाका प्रमुख बिक्रमराम टमाटाले बताए । थ्रि फेज विद्युत् लाइनको पोलमा रुख ढलेपछि टेलिकमका सबै सेवा अवरुद्ध भएको उनले बताए । आफु कैलालीको खानीडाँडास्थित पहिरो गएकै ठाउँमा पुगेर फर्किएको टमाटाले बताए ।
फोनको वैकल्पिक व्यवस्था गरिएपछि पूर्ण रुपमा चल्न एक साता लाग्न सक्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ कार्तिक २०७८, १५ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैतडीमा बेपत्ता पुरूषको शव खोलामा भेटियो
मंगलबारदेखि बैतडीको झुलाघाट नाका बन्द हुँदै