काठमाडौं । मुगुमा आज भएको बस दुर्घटना परी मृत्यू हुनेहरुको संख्या २८ पुगेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार २४ जनाको घटनास्थलमै र ४ जनाको उद्दारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका १६ जनाको उद्वार गरी समिट एअरमार्फत नेपालगन्ज लगिएको उनले जानकारी दिए । उनीहरुमध्ये तीन जनाको कोहलपुर मेडिकल कलेजमा र बाँकी १३ जनाको नेपालगन्जमा उपचार भैरहेको छ । घटनामा परी मृत्यु हुनेको सनाखत भइसकेको छैन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ असोज २०७८, १७ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुगुको लिब्रूमा गाडी पुग्यो
मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु
मुगुमा जीप दुर्घटना, दुई जनाको मृत्यु
भेडाबाख्रा पालन बाट खुसि खोज्दै मुगुका किसान, बिमा पनि सँगै