काठमाडौं । नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले पाँच दलको गठबन्धनमा छैटौं थपिएको प्रमाणित भएको बताएका छन ।
सोमबार काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व। चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति सभा तथा प्रतिष्ठानको स्थापना दिवसमा बोल्दै नेम्वाङले पाँच दलको गठबन्धन भन्ने गरिए पनि छैटौं थपिएको प्रमाणित भएको बताए ।
प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरातर्फ व्यंग्य गर्दै तीन दिन मन्त्री भएको र राजीनामा दिएकोले गठबन्धन सरकारमा छैटौं दल समावेश भएको पुष्टि हुने तर्क गरे । उनले विषय जटिल भएकाले नागरिक समाज र राजनीतिक दलहरूले छलफल गर्नुपर्नेमा जोड दिए ।
नेम्वाङले भने, ‘होइन, अहिले ५ दलको गठबन्धन छ भनियो, फेरि अर्को छैटौं थपियो रे भन्ने चर्चा र हल्ला छ, त्यो छैटौं पक्षबाट मन्त्री पनि हुनुभयो, तीन दिनमा राजीनामा पनि दिनुभयो, भनेपछि त्यो कुरा त साँच्चै रहेछ, ।
उनले थपे, ‘यस्ता–यस्ता इस्यूहरू उठेको सन्दर्भमा राजनीतिक दलहरूले र नागरिक समाजहरूले व्यापक छलफल गर्नुपर्छ, सिंगो देश यो सन्दर्भमा छलफल गरेर निर्णयमा पुग्ने प्रक्रिया त्यो नै प्रजातन्त्र हो, समसामयिक विषय थुप्रै छन् जसको हामीले छलफल गर्नुपर्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २५ असोज २०७८, १७ : ४८
लेखकबाट थप