लागूऔषध बोकेर भारत जाँदै गरेका एक पुरुष पक्राउ

सफल खबर संवाददाता

शनिबार, २३ असोज २०७८, १३ : २८
लागूऔषध बोकेर भारत जाँदै गरेका एक पुरुष पक्राउ

सर्लाही । जिल्लाको नेपाल–भारत सीमा क्षेत्रबाट प्रहरीले गाँजासहित एक पुरुषलाई पक्राउ गरेको छ।

शनिबार सर्लाहीको मलंगवा नगरपालिका–२, नेपाल–भारत सीमाक्षेत्र दशगजाबाट लागुऔषध गाँजासहित ब्रम्हपुरी गाउँपालिका–८, भेल्ही निवासी ४५ बर्षका बिन्देश्वर सहनीलाई प्रहरीले पक्राउ गरेको हो।

सहनी गाँजा बोकेर नेपालबाट भारत जाँदै गरेको अवस्थामा पक्राउ परेका हुन्। पैदल यात्री सहनीमाथि शंका लागेर चेकजाँच गर्ने क्रममा उनले बोकेको नाइलनको झोलाबाट ३ किलो गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सहनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस