निर्वाचन पर्यवेक्षणबारे छलफल

मंगलबार, १९ मंसिर २०७४, १९ : ३३
निर्वाचन पर्यवेक्षणबारे छलफल

चितवन । आम निर्वाचन पर्यवेक्षण समिति (जियोक) ले मंगलबार मौन अवधिकै बीचमा निर्वाचन पर्यवेक्षणबारे छलफल कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा निर्वाचनको क्रममा हुने विभिन्न गतिविधिहरु र घटनाको सन्दर्भमा सत्यतथ्य र निष्पक्ष पर्यवेक्षण गर्न पर्यवेक्षकहरुलाई आग्रह गरिएको थियो । जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले निर्वाचनका क्रममा भएका सम्पूर्ण विवरणहरु पर्यवेक्षण गरी पेश गर्न अनुरोध गरे । 
कार्यक्रममा जियोकका जिल्ला पर्यवेक्षक अधिवक्ता सुदिप वस्ती, अधिवक्ता रामकृष्ण अधिकारी, पर्यवेक्षक अनु थापा मगर, बबिता पौडेल, हेमा पौडेल, सञ्जय चौधरी लगायतले पर्यवेक्षणका क्रममा हुनसक्ने समस्या र पर्यवेक्षण गर्ने विषयमा आफ्ना भनाइ राखेका थिए । कार्यक्रममा जिल्लाका १७ जना पर्यवेक्षकको सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया दिनुहोस