प्रतिनिधि सभाको आजको बैठकमा पनि एमाले सांसद्को नाराबाजी

सफल खबर संवाददाता

मंगलबार, १९ असोज २०७८, १३ : २३
प्रतिनिधि सभाको आजको बैठकमा पनि एमाले सांसद्को नाराबाजी

काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अवरुद्ध पारेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सदन सुरु भएको अभिव्यक्ति दिए लगत्तै एमाले सांसदहरूले प्रतिनिधिसभाको रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका हुन् ।  

एमालेले कारवाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई सभामुखले कारवाही नगर्नुको कारण माग गर्दै एमालेले संसद बैठक निरन्तर अवरूद्ध गर्दै आएको छ । 

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन, २०७६/७७ पेश गर्ने सम्भावित कार्यसूची छ ।