गठबन्धनका अन्य दलका कारण सरकारले पूर्णता पाएन : डा.कोइाराला

सफल खबर संवाददाता

सोमबार, १८ असोज २०७८, १३ : ४३
गठबन्धनका अन्य दलका कारण सरकारले पूर्णता पाएन : डा.कोइाराला

डडेल्धुरा । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसका कारण नभई गठबन्धका अन्य दलका कारण सरकारले पूर्णता पाउन नसकेको बताएका छन ।सोमबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा नेता डा। कोइरालाले दशैंअगाडि मन्त्रिपरिषद् विस्तार हुने बताए ।

डडेल्धुरा कांग्रेसमा भएको क्रियाशील सदस्यता विवाद चाँडै हल हुने भन्दै उनले वडाबाट पठाइएका क्रियाशील सदस्यको नामावली कसैलाई जिताउन र हराउन नभई पार्टीको बैठकको निर्णय अनुसार हुने बताए।

नेता कोइरालाले सभापतिको रुचि अनुसार क्रियाशील सदस्यता छानविन समिति, निर्वाचन समितिको मिलेमतोमा देशका सबै जिल्लामा विवाद भएको आरोप लगाए ।

पत्रकार सम्मेलनमा कांग्रेस नेता अर्जुननरसिंह केसीले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेसका नेता कार्यकर्ताहरूले गरेको रिले अनसनलाई ऐक्यबद्धता जनाए । उनिहरुले अन्यायमा परेका कांग्रेस कार्यकर्ता र क्रियाशील सदस्यहरूको पक्षमा लडिरहने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस