कमेडी च्याम्पिनयन भरतमणि पौडेलले पाए कार

सफल खबर संवाददाता

शुक्रबार, १५ असोज २०७८, १८ : ३६
कमेडी च्याम्पिनयन भरतमणि पौडेलले पाए कार

काठमाडौं । टिभी रियालिटी शो कमेडी च्याम्पिनयनको उपाधि जितेका भरतमणि पौडेलले पुरस्कारस्वरुप घोषित नयाँ कार आज प्राप्त गरेका छन् ।

कार्यक्रमका निर्देशक विशाल भण्डारीले उनलाई कारको साँचो हस्तान्तरण गरे । कमेडी च्याम्पियनले करिब २४ लाख मूल्यको कार उनलाई दिएको छ । भरतमणिसँग कारको लाइसेन्स नभएकाले एकजना सहयोगी लिएर आएका थिए ।

यस्तै प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका सन्तोष थापालाई स्कुटर हस्तान्तरण गरिएको छ । उपबिजेता बनेका बिक्की अग्रवाल भने आज स्वास्थ्यका कारण आफूले जितेको मोटरसाइकल लिन आउन पाएनन् ।


 

प्रतिक्रिया दिनुहोस