काठमाडौं । संयुक्त राष्ट्र संघको आयोजनामा विश्वव्यापी रुपमा अक्टोबर १ मा मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस यसपटक असोज १५ गते परेको छ । सो अवसरमा नेपाल टेलिकमले मुलुकभरका ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप निःशुल्क सिम प्रदान गर्ने भएको छ ।
सिम असोज १५ गतेदेखि २५ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकहरुलाई निःशुल्क रुपमा प्रदान गरिने छ । यस सिममा १० रुपैयाँ व्यालेन्स हुनुका साथै ४० मिनेट कुराकानी गर्ने, २० वटा सन्देश पठाउने र ६० एमबी डाटा प्रयोग गर्न सकिने सुविधा एक महिनासम्म उपलब्ध हुनेछ ।
नेपाल टेलिकमका देशभर रहेका कार्यालयका काउन्टरहरुबाट ज्येष्ठ नागरिकहरुले यो सुविधाको उपयोग गर्न सक्नु हुनेछ । यसका लागि एक प्रति पासपोर्ट साइजको फोटो, परिचय र उमेर खुल्ने प्रमाणपत्र (जस्तै–नागरिकता प्रमाणपत्र, जेष्ठ नागरिकको परिचयपत्र)को प्रतिलिपी संलग्न गर्नुपर्नेछ ।
नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका ज्येष्ठ नागरिकहरुलाई उपलब्ध गर्ने निःशुल्क सिमको सुविधाले आदरणीय जेष्ठ नागरिकहरुलाई दूरसञ्चार र सूचना प्रविधिको पहुँचमा ल्याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिकमको सहायक लेखा अधिकृत पदका उम्मेदवार सिफारिस
नेपाल टेलिकमबाट भारतमा फोन गर्दा प्रतिमिनेट ३ रुपैयाँ ७६ पैसा लाग्ने
पलाँतामा टेलिकमको टावर सञ्चालन
जुम्लाको पातारासीमा नेपाल टेलिकमको फोरजी सेवा
सुदूरपश्चिम टोलीलाई नेपाल टेलिकमद्वारा प्रायोजन
नेपाल टेलिकमको सेवा केहीबेर अवरुद्ध