काठमाडौं । गृहमन्त्रालयले यस वर्षको बडादसैँका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको ८ गतेको पत्रानुसार दसैँको शुभ साइतहरु गृहले सार्वजनिक गरेको हो ।
मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई दसैँको शुभ साइत पठाएको छ । सबै जिल्ला प्रशासन कार्यालयहरुको मातहतका कार्यालयहरुलाई शुभसाइत अनुसार शक्तिपीठमा पुजापाठ गराउन पत्राचार भनिएको छ । घटस्थापनाको शुभसाइत बिहान ११:४६ मा रहेको मन्त्रालयले जनाएको छ ।
यस्ता छन् दशैका साइतहरु:
असोज २१ गते, बिहीबार नवरात्रारम्भ, घटनास्थापना बिहान ११: ४६ बजे
असोज २२ गते, शुक्रबार झण्डा फेर्ने, बिहान ११: ५६ बजे (पश्चिम मोहडा)
असोज २५ गते, सोमबार श्री पचलीभैरव यात्रा,
असोज २६ गते, मङ्गलबार ( फूलपाती, तुलनाभवानी यात्रा बिहान ७:११ बजे स्थिरासन बिहान ८:४४ बजे
असोज २७ गते, बुधबार महाअष्टमी, कालरात्रि,
असोज २८ गते, बिहीबार महानवमी
असोज २९ गते, शुक्रबार ( विजया दशमी, देवी विर्सजन बिहान ८:१९ बजे, र टीकाको साइत बिहान १०:२ बजेको साइत रहेको छ ।
यस्तै तुलजाभवानी यात्रा बिहान ७:१ बजे र स्थिरासन बिहान ८:३२ बजे, खड्गयात्राको साइत रहेको छ ।
यसैगरी कार्तिक २ गते, मङ्गलबार अखिलबलिपूर्ति, कार्तिक २ गते, मङ्गलबार कोजाग्रत व्रत रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ असोज २०७८, १३ : ५९
लेखकबाट थप