काठमाडौँ । सरकारले हवाईजहाज र हेलिकोप्टरको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्था अध्ययन गर्न समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको हो ।
समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल क्षेत्री, मन्त्रालयको सीएटीसीअ प्रमोद नेपाल सदस्य रहेका छन् । उड्ड्ययन प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव रहेका छन् ।
समितिलाई नेपालको आकाशमा आन्तरिक तथा बाह्य उडान भर्ने नेपालमा दर्ता भएका हवाईजहाज र हेलिकोप्टरहरुको भौतिक, यान्त्रिक र अभिलेखीय अवस्थाको अध्ययन अवलोकन अनुसन्धान गरी प्रत्येक वायुयानसहितको सबै वायुसेवाको सम्परीक्षण गर्नेलगायत कार्यक्षेत्र तथा सर्तहरु तोकिएका मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ असोज २०७८, १८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रुटिपूर्ण अनुसन्धान गर्ने प्रहरीलाई कारबाही गर्न सहसचिवको नेतृत्वमा समिति
श्रम मन्त्री अर्यालद्वारा मन्त्रालयमा देखिएका विवादबारे अध्ययन गर्न समिति गठन