मन्त्रिपरिषद् बैठक : दल विभाजन सहज हुने अध्यादेश फिर्ता गर्न सिफारिस

सफल खबर संवाददाता

सोमबार, ११ असोज २०७८, १९ : ४६
मन्त्रिपरिषद् बैठक : दल विभाजन सहज हुने अध्यादेश फिर्ता गर्न सिफारिस

काठमाडौं । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेजीका लागि राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरी राष्ट्रपतिलाई सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

अध्यादेशका कारण मन्त्रिपरिषद् विस्तार रोकिएको थियो । २० प्रतिशतले दल फुटाउने अध्यादेश कायमै रहदा मन्त्री बन्न नपाउनेहरुले पार्टी फुटाउने डरका कारण सरकारले अध्यादेश फिर्ता लिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस