काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले बजेटसँग सम्बन्धित दुई विधेयक पारित गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको विरोधका बीच आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ बहुमतले पारित गरिएको हो ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ माथि दफाबार छलफल अगाडि बढाउँदा कुनै पनि सांसदले छलफलमा भाग नलिएपछि विधेयक बहुमतले पारित भएको घोषणा गरे ।
प्रतिनिधिसभाबाट पारित भएपछि राष्ट्रियसभामा पठाइएका यी दुई विधेयकलाई राष्ट्रियसभाले पुनः पारित गरी प्रतिनिधिसभामै पठाएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असोज २०७८, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाबाट चार प्रतिस्थापन विधेयक बहुमतले पारित
राष्ट्रियसभा बैठक बस्दै : के-के छन् कार्यसूची ?
राष्ट्रियसभामा मन्त्रीहरूसँग प्रश्नोत्तर हुने
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाबाट पारित दुई प्रतिस्थापन विधेयक शुक्रबार राष्ट्रियसभामा पेस गरिने