काठमाडौं । बिर्तामोडमा डिशहोम फाइबरनेटको अधिकारिक बिक्रेताको उदघाटन क्षेत्र बिक्री प्रबन्धक बिपिन्द्र न्यौपानेले गरेका छन् । झापाका आन्य स्थानहरूमा डीएच फाइबरनेट चाडैं पुग्ने बिक्री अधिकारी प्रोजवल अधिकारीले बताएका थिए ।
डिशहोम फाइबरनेट मुलुकमा उच्च गतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि ल्याइएको इन्टरनेट सेवा भएको कम्पनीले जनाएको छ । आफ्ना प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो ।
डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ ।काठमाडौँ, भक्तपुर, ललितपुर, बनेपा, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपूर र बिराटनगर मा यस अघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको कम्पनीले जनाएको छ । समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल विर्तामोड पुगेको छ र छिटै नेपालका प्रमुख शहर लगायत अन्य स्थानमा पनि पुग्दै छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ११ असोज २०७८, १२ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुपन्देहीको मुर्गियामा डिशहोमको नयाँ सेवा केन्द्र
देशभरका १५ शहरमा डिशहोमको रोड शो : धरान बसपार्कबाट शुरू हुँदै
डिशहोम मिसन ८१ : एक वर्षको रिचार्जमा थप १२ महिनासम्मको बोनस
डिशहोमले ल्यायो - मिसन ८१
डिशहोमको एक्सन स्पोर्टस एचडी वानले आहा रारा गोल्डकपको प्रत्यक्ष प्रसारण गर्ने
सबैभन्दा सस्तो इन्टरनेट सेवा दिने कम्पनी बन्यो डिशहोम