काठमाडौं । नेपाल–चीन सीमाबारे लिमी लाप्चादेखि हिल्सासम्मको सीमा अध्ययन गर्न गठन गरेको समितिले प्रतिवेदन बुझाएको छ । गृहमन्त्री बालकृष्ण खाणलाई भेटेर समितिका संयोजक गृह मन्त्रालयका सहसचिव जयनारायण आचार्यले प्रतिवेदन बुझाएका हुन।
समितिले स्थलगत अध्ययन गरेर ल्याएको प्रतिवेदन अध्ययन गरी कार्यान्वयन गर्न पहल गर्ने गृहमन्त्री खाणले प्रतिवद्धता जनाए । अध्ययन टोलीमा टोलीमा नापी विभागका उपमहानिर्देशक सुशील डंगोल, नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक उमेशराज जोशी, सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक प्रदीप कुमार पाल र राष्ट्रिय अनुसन्धान विभागकका सहअनुसन्धान निर्देशक कुशोरकुमार श्रेष्ठ सदस्य रहेका थिए । मन्त्रिपरिषद् बैठकले गत भदौ १६ मा सीमा अध्ययनका लागि समिति बनाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० असोज २०७८, १८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औं बैठक काठमाडौंमा
नेपाल-चीन शैक्षिक प्रदर्शनी आयोजना हुँदै
नेपाल-चीन सीमा क्षेत्रका बासिन्दाले भोग्नुपरेका समस्या समाधान गर्न चिनियाँ पक्षसँग आग्रह