अफगानिस्तान । इस्लामिक कट्टरपन्थी समूह तालिबान अहिले अफगानिस्तानको सत्तामा छ । र, यस समूहका संस्थापकमध्येका एक मुल्लाह नोरुद्दिन तुराबीले कडा इस्लामिक कानून लागू हुने बताएका छन् । उनले अपराधीको हातखुट्टा काट्ने सजाय फेरि लागू गर्नुपर्ने बताए । ‘सुरक्षाका लागि हात काट्नु निकै जरुरी छ,’ एशोसिएट प्रेससँगको कुराकानीमा तुराबीले भने । यद्यपि, सार्वजनिकस्थलमा यस्तो सजाय दिने वा नदिने भन्नेबारे मन्त्रिपरिषद्ले निर्णय लिने उनले बताए ।
दुई दशकअघि तालिबानको शासन हुँदा तुराबीले नै कानून मन्त्रालय हेर्थें । त्यतिबेला अफगानिस्तानमा अपराधीहरूलाई रंगशालामा गोली हानेर मार्ने गरिएको थियो, पीडितका परिवारले उनीहरुलाई सार्वजनिकस्थलमा टाउको गोली हान्थेँ । क्षतिपूर्ति रकम लिएर अपराधीलाई माफी दिन पाउने अधिकार पनि पीडितसँग थियो । त्यसैगरी चोरीको अभियोग लागेकाहरूको हात काट्ने गरिन्थ्यो । त्यसैगरी हाइवेमा लुट्नेहरूको हात र खुट्टा काटिन्थ्यो ।
तुराबीले काबुलको नयाँ सत्तामा हस्तक्षेप नगर्न अन्तर्राष्ट्रिय समुदायलाई चेतावनी पनि दिएका छन् । ‘रंगशालामा दिइएको सजायका लागि धेरैले हाम्रो आलोचना गरे । तर, हामीले उनीहरुका कानून र सजायबारे कहिल्यै केही भनेनौँ’ तुराबीले एशोसिएट प्रेससँगको अन्तर्वार्तामा भनेका छन्, ‘हाम्रो कानून कस्तो हुनुपर्छ भनेर कसैले भन्ने होइन । हामी इस्लामको पालना गर्छौ र कुरानअनुसार कानून बनाउँछौं ।’
१९९६ देखि २००१ सम्म तालिबानी शासन अति कठोर थियो । पुरुषहरूले अनिवार्य दाह्री पाल्नुपर्ने, महिलाहरुले बुर्का लगाउनुपर्ने, संगीतमाथि प्रतिबन्धलगायत कडा नियमहरु बनाइएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ असोज २०७८, १५ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अफगानिस्तानमा सडक दुर्घटना हुँदा दुई जनाको मृत्यु, तीन घाइते
अफगानिस्तानमा बस दुर्घटना हुँदा ५२ जनाको मृत्यु
अफगानिस्तानले न्यूजील्याण्डविरुद्ध टेस्ट खेल्ने
अफगानिस्तानमा सवारी दुर्घटनामा परी ४८ को मृत्यु, एक सय ६० भन्दा बढी घाइते
अफगानिस्तानद्वारा बंगलादेशलाई १ सय १६ रनको लक्ष्य
अफगानिस्तानले दियो अष्ट्रेलियालाई १४९ रनको टार्गेट