काठमाडौं । मेलम्ची भ्यालीका स्थानीयलाई आफ्नो बासको चिन्ता त छैन तर, खानेपानी पाउने हो नि नपाउने भन्नेमा असाध्यै चिन्ता छ । आजको नेपाल समाचारपत्रमा समाचार छापिएको छ ।
ह्वोल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालक समितिका अध्यक्ष उपेन्द्र तामाङले भने,
-सुरुङ खन्नु अघि हेलम्बु, इचोक, महांकाल, थकजनी, हैबुङलगायतका मेलम्ची खानेपानी आयोजनाबाट प्रभावित वस्तीमा खानेपानीको राम्रो व्यवस्था थियो ।
-अहिले यी ठाउँमा खानेपानी सुकिसक्यो ।
-सुरुङ खन्न शुरु भएपछि बस्तीमा यस्तो अवस्था सिर्जना भएको छ ।
-सुरुङ खन्नका लागि विस्फोट गर्दा जमिनमुनि थर्किएर खानेपानीको मुहान सबै सुकेको हो ।
-हाम्रो अवस्था काकाकुलको जस्तै भइरहेको छ ।
-यस्तो अवस्था भइरहँदा पनि समस्याको समयमै समाधान गरिएन भने मेलम्चीको पानी लान नसोचे हुन्छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०९ बैशाख २०७५, ०७ : ०१
लेखकबाट थप