सुनको मुल्यमा भारी गिरावट, कति पुग्यो तोलामा ?

सफल खबर संवाददाता

शुक्रबार, ०८ असोज २०७८, ११ : ४५
सुनको मुल्यमा भारी गिरावट, कति पुग्यो तोलामा ?

काठमाडौं । नेपालमा दुई दिनभित्रै प्रतितोला सुनको भाउ ११ सय रुपैयाँले घटेको छ । अस्ति (बुधबार) प्रतितोला छापावाल सुनको भाउ ९० हजार १०० रुपैयाँ थियो ।

हिजो (बिहीबार) ५ सय रुपैयाँले घटेर ८९ हजार ६ सय रुपैयाँमा झरेको थियो । आज फेरि ६ सय रुपैयाँले घटेर ८९ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । 

तेजाबी सुनको भाउ पनि आज ६०० रुपैयाँले नै घटेर ८८ हजार ५५० रुपैयाँ कायम भएको छ । हिजो यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भएको थियो । 

चाँदीको मूल्य भने प्रतितोलामा पाँच रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११५५ रुपैयाँ थियो । आज ११६० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस