सत्तारुढ गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्नै सक्दैन : ओली

सफल खबर संवाददाता

विहीबार, ०७ असोज २०७८, १८ : ००
सत्तारुढ गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्नै सक्दैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले एमालेसँग प्रतिस्पर्धा गर्नै नसक्ने बताएका छन् । 
सत्तारुढ गठबन्धनले अढाइ महिनासम्म पनि सरकारलाई पूर्णता दिन नसकेको भन्दै एमालेसँग प्रतिस्पर्धा गर्न सक्ने हुनका लागि पहिला गठबन्धनभित्रै एकता गर्न चुनौती दिए ।

उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले पाँच दलीय गठबन्धनमा सहमति जुट्न नसकेकै कारण अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको बताए । ओलीले सरकारलाई राष्ट्रसंघमा सहभागी हुनुपर्छ भनेर पनि हिजोका दिनमात्र थाहा भएर हतार हतार परराष्ट्रमन्त्री नियुक्त गरेको टिप्पणी गरे ।

‘यतिका दिनसम्म पनि राष्ट्रसंघको बैठकमा जानुपर्छ भन्ने थाहा पाएनछ,’ उनले भने, ‘हिजो बल्ल थाहा पाएर हतारहतार मन्त्री नियुक्त गरेर पठाएको छ, त्यो पनि कपडाको झोला बोकेर मन्त्री त्यसतर्फ गएका छन् ।’ उनले माधवकुमार नेपाल नेतृत्वको पार्टीमा कतिपय नेताहरु मन्त्री पद पाउनका लागि सामेल भएको बताए । 

प्रतिक्रिया दिनुहोस