जितिया पर्वलाई राष्ट्रिय पर्व बनाउन माग

रासस

विहीबार, ०७ असोज २०७८, १३ : ३६
जितिया पर्वलाई राष्ट्रिय पर्व बनाउन माग

सप्तरी । विशेषगरी तराई मधेशमा मनाइने जितिया पर्वलाई राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्नेमा जोड दिइएको छ । थारू समुदायले निष्ठापूर्वक मनाउने जितिया पर्व कठिन र धार्मिक दृष्टिकोणले महत्त्वपूर्ण भएकोले यसलाई राष्ट्रिय पर्वको घोषणा गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।

उनीहरूले नेपाल सरकारले मधेसी र थारू महिलासँग विभेद गरेको आरोप लगाएका छन् । उनीहरूले तीजका लागि महिलाहरूलाई विदा दिने गरे पनि जितिया पर्वका लागि विदा नदिएर विभेद गरेको बताए ।

सप्तरीका महिला पत्रकारहरूले बुधबार आयोजना गरेको जितिया महोत्सव कार्यक्रमका सहभागीहरूले नेपाल सरकारबाट राष्ट्रियस्तरको पर्वको घोषणा गरेर जितिया पर्वमा पनि महिलालाई विदा दिइनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य ललिता साह, आदिवासी जनजाती पत्रकार महासंघका जिल्ला अध्यक्ष प्रियासिंह थारु, बोदे बर्साइन नगरपालिकाकी उप प्रमुख रंजु साह, लोकतान्त्रिक समाजवादी पार्टीकी नेतृ पुनम यादव, सामाजिक अभियान्ता सुनिता साह, थारु महिला संघकी चन्द्रकला चौधरी, नेपाल पत्रकार महासंघ, सप्तरीका उपाध्यक्ष अम्बिका दाहाल, पूर्व अध्यक्षद्वय विष्णु मण्डल र धिरेन्द्र साहलगायत व्यक्तहले  तराई÷मधेशका महिलाले परापूर्वकालदेखि मनाउँदै आएको जितिया पर्वको ठूलो महिमा हुने भएकाले यो दिन सार्वजनिक विदा दिनुपर्नेमा जोड दिएका हुन् ।

सन्तानको दीर्घायू तथा सुस्वास्थ्यको कामना गर्दै महिलाहरूले जितिया पर्व मनाउने गर्छन् । एक दिन नहाई खाय गरेर अर्को दिन निराहार उपवास बसी जितमहान सम्बन्धी कथा सुन्ने चलन छ ।

प्रतिक्रिया दिनुहोस