एजेन्सी । केही दिनयता देखि यमनमा त्यहाँ रहेको साउदी अरेबिया नेतृत्वको सेनाले हुथी विद्रोहीका विरुद्धमा कारबाहीलाई निरन्तरता दिएको छ । सो सेनाले यहाँ मगलबार पनि गरेको यस्तै कारबाहीमा परी १२ जना हुथी विद्रोहीहरु मारिएके बताइएको छ । सो सेनाले गत सोमबार पनि यहाँको मध्य क्षेत्रीय प्रान्त मारिबमा हुथीका विरुद्धमा कारबाही गरेको थियो ।
सो सेनाले हुथी विद्रोहीहरु रहेका स्थानहरुको पहिचान गरी उक्त मारिब प्रान्तमा गरेको हवाई कारबाहीमा परी मंगलबार १२ जनाको ज्यान गएको बताइएको छ । त्यसैगरी सो क्षेत्रमा हुथीहरुका कार्यालय रहेका स्थानाहरुलाई पनि सेनाले ध्वस्त बनाएको बताइएको छ ।
सोमबार मात्र पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले गरेको कारबाहीका क्रममा कम्तीमा पनि ३० जना हुथी विद्रोहीहरुको ज्यान गएको बताइएको थियो । यमन सरकारको सेनाले मंगलबार दिएको जानकारीअनुसार उक्त प्रान्तमा ठूलो संख्यामा हुथी विद्रोहीहरु रहेको सूचनाको आधारमा सो आक्रमण गरेको थियो ।
उक्त प्रान्तमा यसअघि पनि समय समयमा साउदी अरेबियाको नेतृत्वको सेनाले हमला गर्ने गरेको छ पनि बताइएको समाचारमा उल्लेख गरिएको छ । पछिल्लो समयमा मारिबमा हुथी विद्रोहीहरुले अखडा जमाउन थालेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, ०६ असोज २०७८, १४ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यमनमा घातक आक्रमणपछि हुथी समूहद्वारा अमेरिकी जहाजमा आक्रमण