०४७ सालकै संविधान लागू गर्नुपर्ने माग गर्दै राजावादी समूहको प्रदर्शन

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, १८ : ०४
०४७ सालकै संविधान लागू गर्नुपर्ने माग गर्दै राजावादी समूहको प्रदर्शन

काठमाडौं । राजावादी समूहले २०४७ सालकै संविधान लागू गर्नुपर्ने माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् । राजसंस्था र हिन्दूराष्ट्र २०४७ सालकै संविधान व्यूताउनुपर्ने भन्दै उनीहरुले आइतबार काठमाडौंको बानेश्वरमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले मुलुकको संविधानको प्रति जलाएका थिए । माइतीघर मण्डलाबाट सुरु भएको राजावादी समूहको ¥याली संविधान विरोधी नाराबाजीका साथ वानेश्वर पुगेको थियो ।

उनीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेर रोकेको थियो । प्रदर्शनमा सहभागीहरुले २०४७ सालकै संविधान लागू गर्नुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस