अब “केमिकल्सलार्ई भनौं नो, नेचुरललाई भनौं एस” नाराका साथ प्रस्तुत छ नेपालमा प्यारासुट नेचुरल स्याम्पू

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, १७ : २०
अब “केमिकल्सलार्ई भनौं नो, नेचुरललाई भनौं एस” नाराका साथ प्रस्तुत छ  नेपालमा प्यारासुट नेचुरल स्याम्पू

काठमाडौं । हालको अन्तर्राष्ट्रिय प्रचलन अनुसार व्यक्तिगत हेरचाहको उत्पादनको बिक्री सोही समुहका नियमित उत्पादनहरुको तुलनामा दोब्बर वृद्धि भएको छ । कोभिड १९ को विस्तार भएसंगैं उपभोक्ताहरुले केश स्याहार, मुखको स्याहार र शिशु स्याहार जस्ता  प्राकृतिक गुण भएका उत्पादनहरुको रुची, सचेतना र माग बढेको छ ।उपभोक्ताहरुको यो परिवर्तित अभिरुचीलाई मध्यनजर राखेर मेरिकोले “प्यारासुट नेचुरल स्याम्पू” बजारमा उपलब्ध गराएको छ, जसमा सबै प्रकारका केशहरुको लागि उपयुक्त प्राकृतिक तत्वहरु भरपूर छन् । प्यारासुट नेचुरल स्याम्पू पारबेन रहित, चर्मगत रुपमा परीक्षण गरिएको  र भेगान मैत्री छ । यसको सम्पूर्ण ३४० मि.लि उत्पादनहरु ३००  रुपैयांको सर्वसुलभ मुल्यमा उपलब्ध छ ।

प्यारासुट नेचुरल स्याम्पूको सबै प्रकारमा नरिवलको दूध प्रोटिनको गुण विद्यमान छ,, जसले कपाललाई जरैदेखि पोषण दिन्छ र कपाललाई बलियो बनाउंछ, साथसाथै सबै उत्पादनहरुमा विशेष प्राकृतिक तत्व पनि छ । नोरिसिङ केयरमा एलोभेराको गुण छ जसले कपाललाई सिल्की बनाउन मद्दत गर्छः एन्टी हेयरफल उत्पादनमा हिनाको गुण छ जसले कपाललाई घना बाक्लो बनाउन मद्दत गर्छ र ड्यामेज रिपेयर उत्पादनमा  हिबिस्कसको गुण रहेको छ जसले कपाललाई मुलायम बनाउंछ ।

प्यारासुट शत् प्रतिशत शुद्ध नरीवल तेलको कारण “शुद्धता प्रतिको प्रतिबद्धताको” लागि  देशभरी प्रख्यात छ । स्याम्पू समुहमा यसको प्रवेशसंगैं प्यारासुट नेचुरलले ग्राहकहरुलाई आफ्नो कपाललाई बलियो, मुलायम, र सुन्दर बनाउनका लागि “केमिकल्सलाई भनौं नो, नेचुरललाई भनौं एस ” भनी आव्हान गरेको छ । मेरिको लिमिटेड एक उदयमान बहुराष्ट्रिय कम्पनी हो, जसले स्वास्थ्य, सौन्दर्य र सुस्वास्थ्यको क्षेत्रमा काम गरिरहेको छ । म्रिको हाल एशिया र अफ्रिकाको २५ देशहरुका उदयमान बजारहरुमा व्याप्त रहेको छ । 

यसले केश स्याहार, त्वचा स्याहार, खाद्य तेलहरु, स्वस्थ खाद्य पदार्थहरु, सरसफाई, पुरुष सौन्दर्य प्रशाधन र फेब्रिक स्याहारमा अग्रणी ब्राण्डहरु पेश गर्दै आएको छ  । सन् २०१९÷२० मा यसले भारत र एशिया तथा अफ्रिकाको चुनिएका बजारहरुमा गरी १ बिलियन यु एस डलरको कारोबार गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस