एमाले निकट ‘निजामती कर्मचारी संगठन’ले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, १६ : ४२
एमाले निकट ‘निजामती कर्मचारी संगठन’ले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने

काठमाडौं । नेकपा एमाले निकट कर्मचारी संगठन ‘नेपाल निजामती कर्मचारी संगठन’ले केन्द्रीय कार्य समितिको ८औं बैठकले माघ ७ र ८ गते राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय अधिवेशनको आयोजनाबारे जानकारी दिन आइतबार काठमाडौं पत्रकार सम्मेलन गर्दै संगठनले हालै सम्पन्न भेलाले राष्ट्रिय अधिवेशन गर्ने निर्णय गरेको र अधिवेशनमा सबैलाई एकताबद्ध भएर अघि बढ्ने जनाएको हो ।

संगठनका अध्यक्ष केदार देवकोटाले आफ्नो संयोजकत्वमा उपाध्यक्ष लेखनाथ कोइराला सह(संयोजक रहने गरी २७७ सदस्यीय राष्ट्रि«य अधिवेशन आयोजक समिति गठन गर्ने निर्णय भएको जानकारी पनि दिए ।

त्यस्तै उनले निजामती कर्मचारी संगठनको माइन्यूट बुक, छाप, लेटर प्याड चोरी भएको बताए । कार्यालयको सामानसहित केही जिम्मेवार भनिएका कर्मचारीहरु हराएको उनले दाबी गरे ।उनले सबै पेशामा रहेका कर्मचारीहरुको हकमा समान व्यवहार हुनुपर्छ भनेर आफूहरुले माग गरेको र घोषणा पत्रमा उल्लेख गरेको बताए ।

प्रतिक्रिया दिनुहोस