पदक अस्वीकार गर्न न्यायाधीशहरुलाई नेम्वाङको आग्रह

सफल खबर संवाददाता

आइतबार, ०३ असोज २०७८, १६ : १३
पदक अस्वीकार गर्न न्यायाधीशहरुलाई नेम्वाङको आग्रह

काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले दिएको पदक अस्वीकार गर्न न्यायाधिशहरुलाई आग्रह गरेका छन्। आइतवार सातौँ संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेम्वाङले पदक फिर्ता गर्न आग्रह गरेका हुन्।

केपी शर्मा ओली नेतृत्वको सरकार र एमाले फुटाउन भूमिका खेल्नेहरुले पदक पाएको भन्दै उनले यो कार्य बेठिक भएको जिकिर गरे।हाम्रो पार्टीको सरकारको विरुद्धमा मुद्दा लगाउने साथीहरुले मेडल पाउनुभएछ सँगसँगै कानून व्यवसायी मित्रहरुले मेडल पाउनुभएछ। त्यो मुद्दाको फैसला गर्ने संवैधानिक इजलाशमा बस्नुभएका न्यायाधिशज्यूहरुले मेडल पाउनुभएछ । यसमा यस्तै भएको हो भनेर म आरोप लगाउँदिन। पारी चितुवा करायो वारी सिँगारी हरायो भनेजस्तै यो जुन कार्य भयो यो संविधान दिवसकै दिनमा सुन्नुपर्दा यो बेठिक भयो भन्ने लाग्यो। म मान्य न्यायाधीशज्यूहरुलाई आदर गर्छु । त्यसैले यो कार्यक्रममार्फत्, तपाईहरुमार्फत् म उहाँहरुलाई आग्रह गर्छु यस्तो सन्देश जान दिनु हुँदैन । यहाँहरुले तुरुन्तै यो दिएको मेडललाई हामी अस्वीकार गर्छौ भनेर अस्वीकार गरेको घोषणा गर्दिनुस्, नेम्वाङले भने।

प्रतिक्रिया दिनुहोस