चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले असोज १५ गतेसम्म लागू हुने गरि निषेधाज्ञा थप गरेको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्धारा आज जारी आदेशमा केही क्षेत्रलाई अझै कडा गर्दै निषेधाज्ञा थप गरिएको हो ।
प्रशासनले बढी भिडभाड हुने सभा सम्मेलन, प्रदर्शन, भेला, जात्रा तथा महोत्सव संचालनमा रोक लगाएको छ भने त्यतिकै मात्रामा भिडभाड हुने साधारणसभा, सम्मेलन, अधिवेशन भने संचालन गर्न दिने निर्णय गरेको छ । कानून बमोजिम गर्नै पर्ने भएकाले साधारणसभा, अधिवेशनहरु संचालन गर्न दिने निर्णय भएको प्रजिअ लामिछानेले बताए । त्यसका लागि जिल्ला कोभिड–१९ व्यवस्थापन समितिलाई अग्रिम जानकारी गराउनुपर्ने उनले बताए ।
यस्तै चितनवनमा सिनेमा हल संचालनका लागि अझै निर्णय हुन सकेको छैन । सम्बन्धीत व्यवसायीहरुसंग समन्वय गरी कोभिड–१९ को संक्रमण नहुने सुनिश्चिततासहितको मापदण्ड तयार भएपश्चात आवश्यक निर्णय गरिने प्रजिअ लामिछानेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० भदौ २०७८, १७ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माइतीघरको निषेधाज्ञा हट्याे
सुनसरीको दुई स्थानमा निषेधाज्ञा
रौतहटको झडपपछि वीरगन्जमा जारी निषेधाज्ञा खुकुलो बनाइँदै
मन्त्री र सांसदले नै निषेधाज्ञा तोडे
महेन्द्रनगरमा एक साताका लागि निषेधाज्ञा जारी
शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा