काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई नेपालबाटै भिसा उपलब्ध गराउन बेलायती दूतावासलाई आग्रह गरेका छन् ।दूतावासको अन्तर्राष्ट्रिय व्यापार विभाग र भिसा तथा आप्रवासन विभागले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै ढकालले सो आग्रह गरेका हुन् ।
काठमाडौंबाट भिसा जारी नहुँदा नेपाल र बेलायतको आर्थिक सम्बन्ध विस्तार हुन नसकेको उनको भनाई छ । यहीँबाटै भिसा प्राप्त हुनसके आर्थिक कारोबारमा गुणात्मक सुधार हुने उनको भनाई छ ।
दुई मुलुकबीच ऐतिहासिक सम्बन्ध रहेपनि आर्थिक सम्बन्धमा अपेक्षाकृत सुधार हुन नसकेको उनको भनाई छ । नेपालको वैदेशिक व्यापारमा निकासीको हिस्सा १.७ प्रतिशत मात्र रहेको उनले जनाए ।बेलायतले अहिले दिल्ली दूतावासबाट मात्र भिसा प्रदान गर्ने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ भदौ २०७८, १७ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चन्द्र ढकालले भने-दक्षिण एसियाले आफ्नो व्यापार नीति पुनर्विचार गर्नुपर्छ
बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनमा ध्यान दिनुपर्छ : अध्यक्ष ढकाल
नीति तथा कार्यक्रमअनुसार बजेट ल्याउनुपर्छ : चन्द्र ढकाल
चन्द्र ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्ड