काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउँदै आएका पुण्य गौतम प्रहरी हिरासतमा अनशन बसिरहेका छन् । भदौ २७ मा पक्राउ परेका गौतमलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएकोमा त्यहीँ अनसन थालेको एक प्रहरी अधिकारीले बताए ।
‘अभियन्ता’भन्दै युट्युवमा अन्तवार्ता दिँदै हिँड्ने गौतमलाई प्रहरीले अमेरिकी परियोजना एमसिसिको बिरोध गरेको आरोपमा बानेश्वरबाट पक्रेको थियो ।
प्रहरीले उनलाई सार्वजनिक हित विरुद्ध कसुर गरेको मुद्दामा हिरासतमा राखेको हो । गौतमले हिरासतमा अनसन बसेको तथ्य भने प्रहरीले लुकाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले अनशन बसेको थाहा नभएको दावी गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ भदौ २०७८, १३ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पुण्य गौतम र युवराज सफल पक्राउ