पत्रकार आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन

सफल खबर संवाददाता

सोमबार, २८ भदौ २०७८, १७ : ५०
पत्रकार आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन

चितवन  । युवा पत्रकार राजेन्द्र आचार्यको नेतृत्वमा राष्ट्रिय फोटो पत्रकार समूह चितवन गठन गरिएको छ । चितवनमा रहेर फोटो पत्रकारितामा समेत सक्रिय रहेका पत्रकारहरुको एक भेलाले राजेन्द्र आचार्यको अध्यक्षतामा ११ सदस्यीय नेपाल फोटो पत्रकार समुह चितवनको निर्विरोध नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्ष महेश पाण्डे, सचिवमा रामु आचार्य र कोषाध्यक्षमा सन्तोष वस्ताकोटीलाई चयन गरेको छ ।

यसैगरी, सदस्यमा विवेक पोख्रेल, रविना पौडेल, सुरक्षा न्यौपाने, विपिन शर्मा आचार्य, प्रेम प्रसाद सापकोटा, मदन अछामी, निराजन घिमिरे रहेका छन् । नवगठित समुहका अध्यक्ष युवा पत्रकार आचार्यले चितवनमा फोटो पत्रकारिताको विट विकास गर्न नयाँ पहल थाल्ने बताए । साथै उनले आफुहरुले पहिलो वैठक पश्चात ठोस नीतिसहित फोटो पत्रकारिता तालिम समेत जिल्लामा सञ्चालन गर्ने आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस