साल्ट ट्रेडिङ स्थापनाको ५९ बर्ष पूरा मनायो वार्षिकोत्सव

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, १९ : २१
साल्ट ट्रेडिङ स्थापनाको ५९ बर्ष पूरा मनायो वार्षिकोत्सव

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको ५९ औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा आइतबार कम्पनीले एक विशेष कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष लक्ष्मीदास मानन्धरले कर्पोरेसनले सरकारको निर्देशनलाई पूर्ण पालना गरेको बताए ।

उनले कर्पोरेशनले आवश्यकताअनुसार बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिएको बताए । उनले भने, ‘हामीले सरकारले दिएको निर्देशनलाई पूर्ण पालना गरेका छौं । निर्देशन पालना गर्दै हामीले बजारमा दैनिक उपभोग्य वस्तुको अभाव हुन दिएका छैनौँ ।’

यस्तै, कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठलेकर्पोरेशन दैनिक उपभोग्य वस्तुको व्यापार गर्ने लक्ष्यसहित खुलेको कम्पनी भएको बताइन् । उनले उक्त लक्ष्यसहित स्थापना भएको ५८ वर्ष पुरा गरेर ५९ औं वर्षमा लागेको समेत जानकारी दिए ।

कर्पोरेसनले आफ्नो संस्थागत उत्तरदायित्व अन्तर्गत बालबालिकाको उत्थानमा काम गर्ने सामाजिक संघ संस्था तथा व्यक्तित्वलाई बालहितकारी पुरस्कार र दुई जना कर्मचारीलाई उत्कृष्ट काम गर्ने कर्मचारीको पुरस्कार दिएको छ ।

प्रतिक्रिया दिनुहोस