७१ अंकले बढ्यो नेप्से, ९ अर्ब ४४ करोडको कारोबार

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, १५ : २७
७१ अंकले बढ्यो नेप्से, ९ अर्ब ४४ करोडको कारोबार

काठमाडौं । नेप्सेपरिसूचक ७१.४३ अंकले बढ्दै २९४७.४२ विन्दुमा रोकिएको छ ।

आज १ करोड ७१ लाख ३३३ कित्ता सेयर किनबेचमा ९ अर्ब ४४ करोड ३५ हजार २४४ रूपैयाँ कारोबार भयो । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ७३ करोड र युनाइटेड मोदी हाइड्रोपावरको ४५ करोड कारोबार भएको छ ।

आज एक दर्जन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । म्यूचल फण्डबाहेक सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।

आज सबैभन्दा धेरै हाइड्रोपावर कम्पनीको सेयर मूल्य ६.३७ प्रतिशतले बढेको छ भने विकास बैंक र फाइनान्स कम्पनीको सेयर मूल्य पनि उच्च प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस