व्यास नगर सचिवमा उम्मेदवार बन्ने युवा नेता नगेन्द्र पौडेलको घोषणा

सफल खबर संवाददाता

आइतबार, २७ भदौ २०७८, ०९ : ४३
व्यास नगर सचिवमा उम्मेदवार बन्ने युवा नेता नगेन्द्र पौडेलको घोषणा

तनहुँ ।  युवा नेता तथा समाजसेवी नगेन्द्र पौडेलले नेपाली कांग्रेस व्यास नगर समितिको सचिव पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन् । युवा नेतृत्व स्थापित गर्न भन्दै उनले उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

राजनीतिसँगै सामाजिक काममा समेत सक्रिय रहेका उनले आफ्नो योगदानको उच्च मूल्यांकन जनताले गर्ने बताए । उनले भने, ‘युवाको माझ पनि लोकप्रिय र बलियो संगठन बनाउन मेरो उम्मेदवारी हो ।’  पौडेलले ‘सबल र सक्षम युवा नेतृत्व’ नारा लिएर मैदान तय गरेका छन् ।

२०५६ सालयता पार्टीमा निरन्तर क्रियाशिल बताउने पौडेल जिम्मेवारीमा नरहेर लामो समय सेवा गरेकाले अब भने नेतृत्व लिने सोचमा रहेको बताउँछन् । आफूलाई अग्रज र युवा दुवैको साथ रहेको भन्दै चुनाव जित्ने विश्वास उनमा छ । ‘म सबैको प्रतिनिधित्व गरेर सक्षम नेतृत्व स्थापना गर्नेछु’ उनले भने ।

प्रतिक्रिया दिनुहोस