नक्कली स्टिकर काण्डमा संग्लन क्रिस्टल डिष्टिलरीको कार्यालयमा छापा

सफल खबर संवाददाता

शनिबार, २६ भदौ २०७८, २२ : १७
नक्कली स्टिकर काण्डमा संग्लन क्रिस्टल डिष्टिलरीको कार्यालयमा छापा

काठमाडौं । राजश्व अनुसन्धान विभाग बुटवलले क्रिस्टल डिष्टिलरीको कार्यालयमा छापा मारेको छ । विभागको टोलीले शनिबार छापा मारी डिस्टिलरीका  कार्यालय सिल साथै एकाउन्टको ल्पापटप बरामद गरेको छ ।

यसअघि २ करोड ३५ लाख ६३ हजार रुपैयाँ बराबर मूल्यको नक्कली स्टिकर भदौ ५ गते भैरहवाको डण्डा क्षेत्रबाट पक्राउ परेको थियो । 

भारतबाट भैरहवाको क्रिस्टल डिष्टिलरीले उक्त नक्कली स्टिकर लु। २ च। २५० नम्बरको गाडीमा ल्याएर भैरहवा दरखसस्थित एक घरमा लुकाएर राखेको सूचना सशस्त्र प्रहरी बल डण्डाका प्रमुख कृष्णप्रसाद अर्याले पाएका थिए ।

उक्त सूचनाका आधारमा सशस्त्र प्रहरी बलले लु। २ च। २५० नम्बरको गाडीसहित ८० रोल अन्तःशुल्क लेखिएको नक्कली स्टिकरसहित २३ वर्षीय सहिद अन्सारी र २४ वर्षीय अमानत अलिलाई पक्राउ गरेका थिए ।

स्रोतका अनुसार उक्त नक्कली स्टिकर क्रिस्टल डिष्टिलरीका मालिक फुलसिंह क्षेत्रीलाई जोगाउन राजस्व अनुसन्धान विभागका प्रमुख  राजन बिसीले पक्राउ परेका दुई जनालाई समेत तारेखमा छाडेका थिए । यस घटनाबाट पनि नक्कली स्टिकर प्रकरणमा गिरी, अर्याल र क्षेत्रीको साँठगाँठ भएको देखिन्छ ।

फुलसिंह क्षेत्री पटक–पटक नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका व्यक्ति हुन् । उनले यसपटक आफू जोगिन रेन्बो डिष्टिलरीमा प्रयोग हुने अन्तःशुल्कको सिरियल नम्बर प्रयोग गरेर नक्कली स्टिकर भित्र्याएका थिए । 

डिस्टिलरीका प्रमुख क्षेत्रीले भने यसमा आफ्नो संलग्नता नरहेको बताउँदै आएका छन् । 

 बुटवल राजस्व अनुसन्धान विभागले फितलो अनुसन्धान गरेर फुलसिंह क्षेत्रीलाई जोगाउने प्रयास गरेपछि आन्तरिक राजस्व विभागका नवनियुक्त महानिर्देशक शोभाकान्त पौडेलको निर्देशनमा भैरहवा आन्तरिक राजस्व कार्यालयले अनुसन्धान थालेको हो ।
 

प्रतिक्रिया दिनुहोस