काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पहिले मन्त्रिपरिषद् विस्तार गरेर अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे निर्णयमा पुग्ने तयारीमा रहेको उनी स्रोतले जानकारी दिएको छ ।
एमसीसी परियोजना, सरकार विस्तार, संसद् सञ्चालन, बजेट अध्यादेश र बजेट प्रतिस्थापन विधेयकका विषयमा छलफल गर्न शुक्रबार बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्रीले पहिले मन्त्रिपरिषद् विस्तार गर्ने संकेत गरेका हुन् ।
त्यसका लागि प्रधानमन्त्री देउवाले गठबन्धन आबद्ध दलका शीर्ष नेताहरूसँग आआफ्नो दलबाट मन्त्री बन्नेहरूको नाम मागेका छन् । ‘प्रधानमन्त्री पहिले मन्त्रिपरिषद्लाई पूर्णता दिने सोचमा पुग्नुभएको छ, आइतबार या सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने र त्यसपछि एमसीसीका विषयमा छलफल गर्ने गरी उहाँ अघि बढ्नुभएको छ,’ बैठकमा सहभागी एक नेताले राजधानीसँग भने ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले गठबन्धन आबद्ध दलको बैठकमा सरकार विस्तार, संसद् सञ्चालन, बजेट अध्यादेश र बजेट प्रतिस्थापन विधेयकका विषयमा छलफल भएको जानकारी दिए ।बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन ढिला भएको भन्दै छिटो मन्त्रीको नाम दिन गठबन्धनका नेतासँग आग्रह गरेको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेले जानकारी दिइन् ।
कांग्रेस नेता मीन विश्वकर्माले एमसीसीको विषयलाई दफाबार छलफल गरेर टुंग्याइनुपर्ने बताए । ‘एमसीसीका विषयमा दफाबार छलफल हुनुपर्छ, पोका देखाएर यसमा यो छ भनेर अनुमान गरेर हुँदैन, बृहत् छलफल गरिनुपर्छ, प्रधानमन्त्री पनि मन्त्रिपरिषद् विस्तारपछि एमसीसीमा टुंगोमा पुग्ने गरी अघि बढ्नुभएको छ,’ विश्वकर्माले थपे ।
कांग्रेस नेताहरूका अनुसार प्रधानमन्त्री देउवाले पहिले मन्त्रिपरिषद् विस्तार गर्ने र त्यसपछि अर्थविज्ञसँग एमसीसीबारे छलफल गरेर धारणा लिनेछन् । त्यसपछि राजनीतिक दलका नेताहरूसँग प्रधानमन्त्रीले एमसीसीबारे छलफल गर्ने योजना बनाएका छन् । सबैसँगको छलफलपछि प्रधानमन्त्री देउवाले एमसीसीलाई संसद्मा पेस गर्ने रणनीति बनाएका छन् । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, २६ भदौ २०७८, ०८ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री ओलीसँग विप्लव र प्रकाण्डको भेटवार्ता
सामाजिक सुरक्षा एउटा उन्नत अवधारणा र अभ्यास : प्रधानमन्त्री ओली
एनपिएलले नेपालका पर्यटन र युवा प्रतिभालाई उजागर गर्नेछ : प्रधानमन्त्री ओली
प्रधानमन्त्रीले आज चीन भ्रमणका विषयमा छलफल गर्दै
वैदेशिक रोजगारबाट फर्केकालाई व्यवस्थापन गर्न माग गर्दै प्रधानमन्त्रीलाई १६ बुँदे ज्ञापन पत्र
प्रधानमन्त्री ओलीका बुबा मोहनप्रसाद अस्पताल भर्ना