प्रतिनिधिसभा बैठकमा एमाले सांसदको विरोधकाबीच तीन अध्यादेश पारित

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, १४ : ३४
प्रतिनिधिसभा बैठकमा एमाले सांसदको विरोधकाबीच तीन अध्यादेश पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकले तीनवटा अध्यादेश पारित गरेको छ । शुक्रबार दोस्रोपटक बसेको बैठकले आर्थिक अध्यादेश २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ र विनियोजन विधेयक २०७८ पारित गरेको हो । 

एमाले सांसदहरूको नाराबाजी भइरहँदा यी विधेयकलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णायार्थ प्रस्तुत गरेका थिए । एमाले सांसदहरूको नाराबाजीकाबीच उक्त अध्यादेश पारित  गरेर बैठकलाई १५ मिनेटका लागि स्थगित गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस