अन्ततः पक्राउ परे दिपक मनाङे

विहीबार, ०६ बैशाख २०७५, २० : १७
अन्ततः पक्राउ परे दिपक मनाङे

काठमाडौं  ।   ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय पाएर फरार रहेका अभियुक्त दीपक मनाङे (राजीव गुरुङ) अन्ततः पक्राउ परेका छन् ।

१२ वर्षअघि चक्रे मिलनको हात झिनाएको मुद्दामा उनी फरार छन्। ज्यान मार्ने उद्योग मुद्दामा उनी फरार अभियुक्त हुन्   ।
महानगरीय प्रहरी परिसर काठमाडाैंबाट खटिएकाे टाेलीले मनाङेलार्इ पक्राउ गरेकाे हाे । मनाङेलार्इ काठमाडाैंबाटै पक्राउ गरिएकाे प्रहरी स्राेतकाे भनाइ छ ।   उनी मनाङबाट स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस