एमसीसी उपाध्यक्षको दोस्रो दिन पनि राजनीतिक भेटघाट जारी

माओवादी अध्यक्ष प्रचण्ड निवासमा पुगे एमसीसी उपाध्यक्ष फातिमा टोली

सफल खबर संवाददाता

शुक्रबार, २५ भदौ २०७८, ०८ : ५८
माओवादी अध्यक्ष प्रचण्ड निवासमा पुगे एमसीसी उपाध्यक्ष फातिमा टोली

काठमाडौं । नेपाल भ्रमणमा आएकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक दलका नेताहरुसँगको भेटघाटलाई आज दोस्रो दिन पनि निरन्तरता दिएकी छिन् ।

उनी अहिले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँगको भेटवार्ताका लागि अध्यक्ष प्रचण्डको निवास खुमलटार पुगेकी छिन् । बिहान पौने ८ बजेदेखि प्रचण्ड र एमसीसी उपाध्यक्ष नेतृत्वको टोलीका बीचमा भेटवार्ता भईरहेको छ ।

हिजो नेपाल भ्रमणमा आएलगत्तै उनले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँग पहिलो राजनीतिक भेटघाट गरी अन्य राजनीतिक दलका नेताहरुसँगको भेटघाटलाई निरन्तरता दिएकी थिइन् । उनले हिजो जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भटटराईलाई नक्सालस्थित मेरियट होटल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललार्इ सिंहदरवारस्थित दलको कार्यलयमा भेटघाट गरेकी थिइन् ।

ओलीसँग भने उनले ओलीको निवास बालकोटमै पुगेर भेट गरेकी थिइन् । उनले आजै दिउँसो ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाटको कार्यक्रम तय गरेका छन् । उनले आजै अर्थमनत्री जर्नादन शर्मा, गृहमन्त्री बालकृष्ण खाँण उर्जा तथा जलस्रोत मन्त्री पम्फा भुसाल, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेतासँग पनि भेटवार्ता गर्ने तयारी छ ।

चार दिने भ्रमणमा रहेकी सुमारले राजनीतिक भेटघाट गरी एमसीसीका विषयमा नेपालमा उठिरहेको प्रश्नको जवाफ दिने र प्रष्टिकरण दिने प्रयास गरेकी छिन् । उनले यो परियोजना सैन्य रणनीतिसँग सम्बन्धित नहरेको प्रष्टिकरण दिन खोजेकी छिन् । तर उनले नेपाल आउनु अगाडी नेपाल सरकारले सोधेको ११ प्रश्नको जवाफ पठाउँदै सम्झौता संसोधन या परिमार्जन भने हुन नसक्ने बताएकी थिइन् ।

उनको त्यस्तो प्रष्टिकरणलाई नेपाली जनताले भने चित्त बुझाएका छैनन् । गोलमटोल उत्तर दिएको र सम्झौता संसोधन हुन नसक्ने जवाफ उनले दिएकीले माओवादी केन्द्र भने जवाफसँग सन्तुष्ट छैनन् । यथास्थितीमा एमसीसी कुनै हालतमा पनि पारित नहुने प्रष्ट अडानमा माओवादी छ । एमसीसीलाई देखाएर सत्ता गठबन्धन दलभित्र भ्यावङ पार्न खोज्ने तत्वहरुले यही बेला निक्कै प्रयास गरिरहेका छन् ।

सुमारको भ्रमण नेपालमा रहेको सम्झौताप्रतिको अविश्वास चिर्नका लागि भएको अमेरिकी दुतावासले जनाएको छ । तर नेपालमा एमसीसीको विपक्षमा दिनदिनै विरोध प्रर्दशन बढदो छ ।

प्रतिक्रिया दिनुहोस