कांग्रेसको महाधिवेशन रोक्न दायर गरेको रिट सर्वोच्चद्वारा  खारेज

सफल खबर संवाददाता

विहीबार, २४ भदौ २०७८, १७ : ५७
कांग्रेसको महाधिवेशन रोक्न दायर गरेको रिट सर्वोच्चद्वारा  खारेज

काठमाडौँ । नेपाली कांग्रेसको आगामी मंसिर ९ देखि १३ गतेसम्म हुने भनिएको १४ औँ महाधिवेसन रोक्न माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्चले बिहीबार खारेज गरिदिएको हो । नेपाली कांग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै भदौ १८ गते दर्ता गरिएको रिट बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले खारेज गरेको हो ।  

कोरोना भाइरस संक्रमणको महामारीका कारण अहिलेकै अवस्थामा महाधिवेशन गर्न सम्भव नभएकाले १४ औं महाधिवेशन रोक्न माग गर्दै वैद्यले सर्वोच्चमा रिट निवेदन दिएका थिए । 
 

प्रतिक्रिया दिनुहोस