पार्टी एकताका विषयमा दुई अध्यक्षबीच छलफल

विहीबार, ०६ बैशाख २०७५, १७ : ५७
पार्टी एकताका विषयमा दुई अध्यक्षबीच छलफल

काठमाडौँ  । नेकपा(एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पाटी एकताको विषयलाई लिएर वार्ता भएको छ ।

पार्टी एकता संयोजन समितिले पार्टी एकतालाई अन्तिम रुप दिन जिम्मेवारी दिएअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज उहाँहरुले छलफल गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिनुभयो । पार्टी एकता संयोजन समितिको मंगलबारको बैठकले यही वैशाख ९ गते पार्टी एकतासम्बन्धी अन्तिम निष्कर्ष निकाल्न दुई पार्टीका अध्यक्षलाई जिम्मेवारी दिएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस