दसैँमा ३९ ठाउँमा सहुलियत पसल खोलिने, चिनीमा ५ रुपैयाँ छूट

सफल खबर संवाददाता

बुधबार, २३ भदौ २०७८, १७ : १३
दसैँमा ३९ ठाउँमा सहुलियत पसल खोलिने, चिनीमा ५ रुपैयाँ छूट

काठमाडौँ । सरकारले असोज १ गतेदेखि सहुलियत पसल सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले देशका ३९ स्थानमा सहुलियत पसल सञ्चालन गरिने जनाएको छ ।  

कात्तिक २४ गतेसम्म सञ्चालन हुने सहुलियत पसलमा छुटसहित खाद्यवस्तुको बिक्री गर्ने मन्त्रालयले घोषणा गरेको छ । जसअनुसार मोटा र मसिनो चामलमा प्रतिकिलो ५ रुपैयाँ छुट हुने छ ।

यस्तै, सिमी र फापर प्रतिकिलो १० रुपैयाँ, नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ छुट पाइने मन्त्रालयले बताएको छ । यसैगरी, खसीबोका प्रतिकिलो १० रुपैयाँ र दुग्ध संस्थानमार्फत बिक्री हुने घ्यू, दुध र पनिरमा पनि छुट दिने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस