एजेन्सी । इन्डोनेसियाको एउटा कारागारमा आगो लाग्दा कम्तिमा ४१ बन्दीको मृत्यु भएको छ । आगोलागीमा दर्जनौं घाइते भएका छन् । बुधबार बिहान राजधानी जार्काताबाट केही किलोमिटर टाढा रहेको तंगराङ कारागारको एउटा ब्लकमा अकस्मात आगो लागेको थियो ।
आगो लागेको समयमा अधिकांश बन्दीहरु सुतिरहेका थिए । आगो लाग्दा कारागारको सो ब्लकमा एक सय २२ बन्दी थिए । कारागारको क्षमता ६ सय भए पनि त्यहाँ दुई हजार बन्दी राखिएको थियो । कारागारका बन्दीमध्ये अधिकांश दुव्र्यसनीमा आबद्ध थिए ।
आगोलागीको कारण खुलेको छैन् । सर्ट सर्किटका कारण आगो फैलिएको हुन सक्ने अस्पताल प्रशासनले अनुमान गरेको छ । आगोलागीबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २३ भदौ २०७८, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इन्डोनेसियामा पहिरोमा परेर मर्नेको संख्या २७ पुग्यो
ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियामा कयौँको मृत्यु
इन्डोनेसियाको नयाँ राष्ट्रपतिमा प्राबोवो सुब्यान्टो निर्वाचित
इन्डोनेसियाको पश्चिमी सुमात्रामा बाढी, १५ जनाको मृत्यु